समाचार

पेट्रोल र डिजेलको मुल्य बढ्यो

१७ असार २०८१, सोमबार ०२:२१
पेट्रोल र डिजेलको मुल्य बढ्यो

१७ असार, काठमाडौंनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको भन्दै बृद्धि गरिएको हो । त्यस्तै, हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। मूल्य वृद्धिसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टिटेलको मूल्य १५४ रुपैयाँ ५० पैसा पुगेको छ।

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ पुगेको छ। डिजेल र मट्टिटेलको मूल्य १५६ रुपैयाँ पुगेको निगमले जनाएको छ। काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्