खेलकुद

कोपा अमेरिका: ब्राजिलको पहिलो जित

१५ असार २०८१, शनिबार ०३:४०
कोपा अमेरिका: ब्राजिलको पहिलो जित

१५ असार, एजेन्सी। ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

खेलमा ब्राजिलको सुरुवात भने राम्रो हुन सकेन । ३१ औँ मिनेटमा लुकास पाकेटा पेनाल्टीबाट गोल गर्न चुकेका थिए । तर, ४ मिनेटपछि नै भिनिसियसले पाकेटाकै पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४३ औँ मिनेटमा साभियोले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा भिनिसियसले टोलीका लागि तेस्रो गोल थपे ।

यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पराग्वेले कोस्टा रिकाको सामना गर्ने छ।

प्रतिक्रिया दिनुहोस्