समाचार

पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

१५ असार २०८१, शनिबार ०३:३४
पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

१५ असार, बागलुङ। बागलुङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन्।

गएराति गएको पहिरोमा पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाती शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । प्रहरीका घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्