समाचार

एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो

१५ असार २०८१, शनिबार ०३:३०
एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो

१५ असार, बुटवल। गुल्मीमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्।

मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।

पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्