समाचार

कलंकी-धोबीखोला सडक विस्तार मागसहित दबाब यात्रा

१५ असार २०८१, शनिबार ०३:२६
कलंकी-धोबीखोला सडक विस्तार मागसहित दबाब यात्रा

१५ असार, काठमाडौं । चक्रपथ (रिङरोड) विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रबाट  दबाब यात्रा निकालिएको हो ।

रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । पौडेलले यो दबाब दिनको लागि यात्रा रहेको बताए ।

काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।

यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने,‘सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।

उनले दबाब यात्राआज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ(बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्