समाचार

लेखापाल कृष्ण रोकायाद्धारा मदीरा सेवन गरी सर्वसाधारण कुटपिट‚ लेखा कामकाज ठप्प

१३ असार २०८१, बिहीबार १४:१६
लेखापाल कृष्ण रोकायाद्धारा मदीरा सेवन गरी सर्वसाधारण कुटपिट‚ लेखा कामकाज ठप्प

कालिकोट। कालिकोटको शुभकालिका गाउँपालिकाका लेखापाल र करार कर्मचारीद्वारा असार ६ गते (बिहिवार) सर्वसाधारण माथी मदीरा सेवन गरि कुटपिट गरेका छन्।

शुभकालिका गाउँपालिकाका लेखापाल कृष्ण रोकाया र पशुसेवा शाखामा कार्यरत ना.पा.स नविन शाहीले मदीरा सेवन गरी होटेलमा खाना खाइरहेका भिम प्रसाद आचार्यलाई एक्कासी काँचको गिलासले प्रहार गरी सक्त घाइते भएका थिए।

उक्त घटना बिहिवार साँझ करीब १० वजे गाउँपालिकाको वडा नं ६ निवासि भिम प्रसाद आचार्य होटेलमा खाना खाइ रहेका बेला मदीरा सेवन गरी रहेका लेखापाल कृष्ण रोकायाले काँचको गिलासले प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी प्रकाश केसी कुटपिटमा संलग्न लेखापाल रोकाया र शाही दुवै जनालाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घाइते आचार्यलाई उपचारको लागी काठमाडौँको महाराजगन्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। स्थानीयवासीले उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषी लेखापाल कृष्ण रोकाया र शाहीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

स्थानीयवासीले स्थानीय सरकारको सुरक्षाको प्रत्याभूति नभएको गुनासो गरेका छन्। अहिले पालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको समेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्