शिक्षा

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

१३ असार २०८१, बिहीबार ०५:२४
एसईईको मौका परीक्षा साउन १८ र १९ गते

१३ असार, काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार, एक वा दुई विषयमा ‘ननग्रेड’ ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।

नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।यसैबीच २ विषयसम्म फेल भएकाहरुका लागि बोर्डले सञ्चालन गर्ने मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।

२ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

प्रतिक्रिया दिनुहोस्