शिक्षा

यसरी हेर्नुहोस् एसईईको रिजल्ट

१३ असार २०८१, बिहीबार ०५:०४
यसरी हेर्नुहोस् एसईईको रिजल्ट

१३ असार, काठमाडौँ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा विभिन्न माध्यमबाट हेर्न सकिन्छ । परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यसअनुसार सिधै १६०० डायलगरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत् मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्