समाचार

बागमती प्रदेशसभा बैठक बस्दै

११ असार २०८१, मंगलवार ०२:१३
बागमती प्रदेशसभा बैठक बस्दै

११ असार, मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेशसभा बैठकमा पेस गरेको थियो । उक्त विधेयक माथि प्रदेश सांसदहरूले मन्त्रालयगत रूपमा छलफल गर्ने बैठकको कार्यसूची तय भएको हो । बैठकमा सांसदहरूले मन्त्रालयगत बजेट कार्यक्रममा खर्च कटौतीको प्रस्ताव समेत राख्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । गत असार १ गते संसदमा प्रस्तुत भएको उक्त बजेटमाथि असार ७ गतेबाट छलफल प्रारम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्