खेलकुद

५ औ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने

११ असार २०८१, मंगलवार ०२:०८
५ औ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड  छनौट प्रतियोगिता हुने

बर्दिया।  ५ औ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भोलिबाट राजापुर ३ टेडियामा निर्मित राजापुर रंगशालामा सुरु हुने भएको छ ।

राजापुर नगर खेलकुद विकास समितिको आयोजनामा ५ औं मेयर कम १६ औं राष्ट्रपति रनिङ शिल्डछनौट प्रतियोगिताको तयारी पुरा भईसकेको राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दल बहादुर चौधारीले बताए साथै माघ २७ गते प्रतियोगिता संचालन हुन् सक्ने बताए ।

५ औ मेयर कम तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि शक्ति बहादुर बस्ने प्रमुख अतिथि रहेका छन् भने लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकाश मन्त्रि धर्म वहादुर चौधारी र राजापुर नगरपालिका प्रमुख दिपेश थारु लगायतको उपस्थित रहेको थियो ।

राजापुर नगरपालिकामा रहेका आधारभूत तहका विद्यालय र माध्यमिक तहका करिव २५ वटा विद्यालयहरुको सहभागीतामा ४ विधामा खेल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्