समाचार

र्‍यापर ‘लाहुरे’ थप ८ दिन हिरासतमा

१६ पुष २०७८, शुक्रबार १६:५३
र्‍यापर ‘लाहुरे’ थप ८ दिन हिरासतमा

१२ पुस, काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाहुरे’लाई ८ दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले लाहुरेसहित अन्य चार जनालाई बुधवार राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित नियन्त्रमा लिएको थियो।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने  २२ वर्षीय सुस्मिता गुरुङ रहेका छन्।

शुक्रबार अदालतले लाहुरेसहित चार जनालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो। उनीहरु पुस १४ गते पोखराको जाल्पारोडमा उनीहरु लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका थिए।

पक्राउ परेकाबाट १३.१ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद रु. ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्