sudurpashchim

सुदूरपश्चिम माओवादीमा थप किचलो

४ असार २०८१, मंगलवार १५:२९
सुदूरपश्चिम माओवादीमा थप किचलो

४ जेठ, काठमाडौँ। माओवादी केन्द्र सुदूरपश्चिमको राजनीति निकै पेचिलो बन्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका प्रदेशसभा सदस्यहरूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशसभा संसदीय दलको नेतामा खगराज भट्टलाई पुनर्वहाली गर्न निर्देशन दिएपछि पेचिलो बन्ने संकेत देखिएको हो ।

प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएकाे विवादलाई लिएर दाहालले मंगलबार प्रदेश सभा सदस्यहरूसँग संघीय राजधानी काठमाडौंमा छलफल गरेका हुन् ।

उनले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्व बनाउन निर्देशन दिए । बैठकमा सहभागी एक सांसदका अनुसार प्रचण्डले पार्टीको सुदूरपश्चिममा भइरहेको गतिविधिबारे चासो व्यक्त गर्दै समस्या हल गर्न भनेका छन् ।

भट्ट पार्टीको वरिष्ठ नेता पनि भएकाले उनलाई दल नेतामा पुनर्स्थापित गर्न सुझाव दिएको ती सांसदले बताए ।

प्रतिक्रिया दिनुहोस्