समाचार

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्र अवलोकन

४ असार २०८१, मंगलवार १५:२४
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्र अवलोकन

४ जेठ, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्र अवलोकन भ्रमण गरेका छन् ।

उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन् । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्