समाचार

नेपाल-भारत सीमा तारबार गरौं : महेश बर्तौला

४ असार २०८१, मंगलवार १५:१८
नेपाल-भारत सीमा तारबार गरौं : महेश बर्तौला

४ जेठ, काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए ।

‘नेपाल भारत खुला सीमाले अपराध गरेर एक देशबाट अर्को देशमा भाग्ने प्रवृत्ति बढेको छ । यसले अपराधलाई बढावा दिएको छ । अर्कोतिर राजस्व संकलनमा चुनौती छ,’ बर्तौलाले भने, ‘म गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, भारतसँग प्रत्यक्ष सीमा जोडिएको तराई क्षेत्रमा सीमामा तारबार लगाएर सुरक्षित गर्ने सवालमा दृढताका साथ अगाडि बढाउ । अब तारबार लगाउन ढिला नगरौं ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफल बर्तौलाले खुला सीमाका कारण अपराध बढेको र राजस्व संकलनमा पनि चुनौती बढिरहेको भन्दै तत्काल तारबार गर्न मन्त्री लामिछानेको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्