समाचार

नायिका अदीति बुढाथोकीलाई कोरोना संक्रमण

१६ पुष २०७८, शुक्रबार १६:४२
नायिका अदीति बुढाथोकीलाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायिका हुन् अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ ।

मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । उनले फिल्म ‘कृ’ बाट अभिनेता अनमोल केसीको अपोजिटमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

aditi budathoki9

प्रतिक्रिया दिनुहोस्