जीवनशैली

खानासँगै पानी पिउन हुन्छ कि हुँदैन ?

१६ पुष २०७८, शुक्रबार १६:२२
खानासँगै पानी पिउन हुन्छ कि हुँदैन ?

काठमाडौं । धेरै मानिसहरुको खाना खाने समयमा पानी पिउने बानी हुन्छ । तर खाना खाँदा विचमा पानी पिउने बानी राम्रो होइन । यस्तो बानी तुरुन्तै बदल्नु राम्रो हुन्छ । किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गर्दैछ ।

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ । पानी जिवनका लागि अत्यावश्यक छ । पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यवर्द्धक हुँदैन । यस्तो बानीले उल्टै हाम्रो सरीरमा असर पूराउँदछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः

  • खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।
  • तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन ।
  • त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ । तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन ।
  • खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।
  • पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।
  • यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्