समाचार

खाँडाचक्र नगरपालिकाको वडा ३ ताडिमा कृषि स्राेत केन्द्र भवनकाे शिलान्यास

२७ जेष्ठ २०८१, आईतवार ११:१४
खाँडाचक्र नगरपालिकाको वडा ३ ताडिमा कृषि स्राेत केन्द्र भवनकाे शिलान्यास

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीमा कृषि वन स्रोत केन्द्रको भवन शिलान्यास खाँडाचक्र नगरपालिका नगरप्रमुख कमल बहादुर शाहीले शुभमुहूर्त गरेका छन् ।

सरल जनजागरण कृषि सहकारी संस्था लिमिटेडको आयोजना ईकोहिमाल नेपालको सहजिकरण तथा जिल्लाको खाँडाचक्र नगरपालिकाको सहयोगमा भवन शिलान्यास कार्यक्रम आयोजना गरीएको हो ।

खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख गणेश बहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु पुर्व जनप्रतिनिधिहरु, पत्रकार, ईकोहिमाल नेपालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भवन शिलान्यास गरीएको हो । कृषि वन स्रोत केन्द्र भवनको नन्दप्रसाद पाण्डेले सात सय वर्ग मिटर जग्गा दान गर्नु भएको छ ।

कृषकलाई प्राविधिक ज्ञान नहुने भएकाले कृषकहरुलाई प्राविधिक ज्ञान सिप र क्रियाकपालहरु सिकाउनको लागी स्रोत केन्द्र स्थापना हुन लागेको नगरप्रमुख कमल बहादुर शाहीले वताए । स्रोत केन्द्रमा कृषि क्षेत्रका नविनतम प्रविधिहरु पर्दशनको लागी राखीने र कृषकहरुले त्यसै बाट विभिन्न क्रियाकपाल सिकेर उत्पादनको स्रोत बढाउन स्रोत केन्द्रले सहयोग पुगाउनेमा समेत कार्यक्रम नगरप्रमुख शाहीलेजोड दिए ।

प्रतिक्रिया दिनुहोस्