समाचार

खाँडाचक्र नगरपालिकाद्वारा नवदुर्गा सामुदायिक वन आगलागीमा परि घाइते भएका परिवारलाई तीन लाख असी हजार सहयोग

२७ जेष्ठ २०८१, आईतवार १०:५८
खाँडाचक्र नगरपालिकाद्वारा नवदुर्गा सामुदायिक वन आगलागीमा परि घाइते भएका परिवारलाई तीन लाख असी हजार सहयोग

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका नन्दलाल चौलागाईंको परिवारलाई खाँडाचक्र नगरपालिकाले तीन लाख असी हजार सहयोग गरेको छ ।

खाँडाचक्र नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयबाट रकम रू.३,८०,०००(अक्षेरूपी तीन लाख असी हजार मात्र) काे चेक खाँडाचक्र मेयर कमल बहादुर शाही र उप-मेयर गणेश बहादुर शाहीले चौलागाईको धर्मपत्नीलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्