समाचार

महिला हिंसा न्यूनीकरण सचेतना तथा उत्प्रेरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ जेष्ठ २०८१, आईतवार १०:३६
महिला हिंसा न्यूनीकरण सचेतना तथा उत्प्रेरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालिकोट। कालिकोटमा महिला हिंसा न्यूनीकरण सचेतना तथा उत्प्रेरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरूसँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जोड दिएका हुन् ।

महिला हिंसा घरमै पनि हुने गरेको बताउँदै त्यी घटनाहरू दबिएर बस्ने गरेको र बाहिर आउन नसकेको खाँडाचक्र नगरपालिका मेयर कमल बहादुर शाहीले बताए। यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि सचेतनालगायत सबैको सामूहिक प्रयास जारी रहेको उनले बताए।

समाजमा लागू पदार्थ सेवन र मादक पदार्थ सेवनका कारण पनि महिला हिंसा बढी हुने गरेको बताउँदै यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सबैको सामूहिक प्रयासले मात्रै सम्भव हुने खाँडाचक्र नगरपालिका वडा ४ का वडा अध्यक्ष पर्भानन्द आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्