समाचार

मोदी र एनडीए गठबन्धनलाई चीनको बधाई, स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा

२३ जेष्ठ २०८१, बुधबार १३:२५
मोदी र एनडीए गठबन्धनलाई चीनको बधाई, स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा

२३ जेठ, काठमाडौँ। चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतसँग स्वस्थ र स्थिर सम्बन्ध चाहेको बधाई सन्देशमा उल्लेख गरेकी छन् ।  ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र एनडीए गठबन्धनलाई बधाई छ । हामी चीन र भारतबीचको स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौँ’, उनले भनेकी छन् ।

मंगलबार भएको मतगणनामा भाजपाले २४० सिट जितेको छ । एक्लै बहुमत ल्याउन नसके पनि सहयोगी दलको सहयोगमा एनडीएले २०९२ सिट जितेको छ । र एनडीएका अन्य दलहरूले बुधबार मोदीलाई प्रधानमन्त्री बनाउन समर्थन रहेको पत्र दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्