madhesh

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

२३ जेष्ठ २०८१, बुधबार १३:१३
विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

२३ जेठ, काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री यादवले यसअघि आफू अस्वस्थ भएको भन्दै २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए। तर, सभामुख रामचन्द्र मण्डलले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएको भनेपछि उनी अहिले विश्वासको मत लिन प्रदेशसभा पुगेका छन्।

यसैबीच मुख्यमन्त्री यादवलाई उनको पार्टी जसपा नेपाल, नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन्। कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए। यस्तै, लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए।

मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ। तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ। जबकि मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ सांसद आवश्यक पर्छ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् । लोसपाका एक सांसद निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्