समाचार

यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने

१९ जेष्ठ २०८१, शनिबार ०२:२८
यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने

१९ जेठ, काठमाडौं। शुक्रबार साँझ आएको हावाहुरीले बिजुलीका दर्जनौं पोल ढालेपछि भरतपुरमा हिजो साँझदेखि अवरूद्ध भएको विद्युत सेवा सामान्य हुन आज दिनभर लाग्ने भएको छ ।

विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक  वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुनेछ। टिकौली जंगलमा रूख ढलेर पोल पनि ढाल्ने र तार पनि चुँडाएका कारण चितवनको पूर्वी क्षेत्रमा समेत बिजुली सेवा अवरूद्ध भएको छ । सबै ठाउँको काम सक्न आज दिनभर प्रयास हुने प्राधिकर भरतपुर वितरण केन्द्रका अधिकारीहरूले बताएका छन् ।

आज साँझसम्म ९० प्रतिशत काम सक्ने योजना रहेको प्राधिकरणले जनाएको छ । मौसम सामान्य रहे सबै ठाउँमा विद्युत सेवा सामान्य रहन भोलिसम्म लाग्न सक्ने अनुमान छ ।

प्राधिकरणका अनुसार ललितपुरको  पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्