समाचार

भारत लोकसभाको अन्तिम चरणको मतदान आज

१९ जेष्ठ २०८१, शनिबार ०२:२०
भारत लोकसभाको अन्तिम चरणको मतदान आज

१९ जेठ, काठमाडौं। भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् ।

अन्तिम चरणमा ८ राज्य र केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको छ । साथै, ओडिशा विधानसभाका लागि ४२ सिटमा पनि मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस चरणमा देशभरका १०.९ लाख मतदान केन्द्रमा करिब १०.०६ करोड मतदाताले मतदान गर्नेछन् । ५.२४ करोड पुरुष र ४.८२ करोड महिला मतदाता छन् ।

प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्