समाचार

स्वास्थ्य मन्त्रालयले दियो कालिकोटको महावै गाउँपालिकालाई स्वास्थ्य सामग्री

१८ जेष्ठ २०८१, शुक्रबार ०२:३२
स्वास्थ्य मन्त्रालयले दियो कालिकोटको महावै गाउँपालिकालाई स्वास्थ्य सामग्री

९ पुस, कालिकोट। कालिकोटको महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि र उपकरण दिएको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमोलाईजर मेसिन आवश्यक औषधि सहयोग गरेको छ। महावैले अहिले १५ शैय्याको अस्पतालको सेवा ओदा फाउन्डेसनबाट दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्