समाचार

महावै गाउँपालिकामा वृहत शैक्षिक सम्मेलन सम्पन्न

१८ जेष्ठ २०८१, शुक्रबार ०२:२५
महावै गाउँपालिकामा वृहत शैक्षिक सम्मेलन सम्पन्न

२४ असार,कालिकोट।  कालिकोट/२४ असार-महावै गाउँपालिकाद्वारा आयोजित ‘वृहत शैक्षिक सम्मेलन’ सम्पन्न भएको छ । समग्र गाउँपालिकाको शैक्षिक सुधार र उन्नयन गर्ने उदेश्यले वृहत शैक्षिक सम्मेलन आयोजना गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह रहका थिए । सम्मेलनमा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. सिंहले आफु २८ वर्ष पछि आफ्नो जन्मस्थल डिल्लीकोट, महावै फर्किदा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ लगायतको क्षेत्रमा उल्लेखनीय परिवर्तन अनुभूति भएको कुरा व्यक्त गरे ।

उनले आफ्नो बाल्यकाल सम्झिदै आफुले कठीन परिस्थितिका बाबजुत शिक्षा हासिल गर्नुपरेता पनि अहिले त्यो अवस्था नरहेको र सम्पूर्ण महावैबासीले आ आफ्नो छोराछोरीहरुलाई विद्यालय भर्ना गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा जुट्नुपर्ने कुरा उल्लेख गरे । साथै शैक्षिक क्षेत्रमा रहेका विकृति र पछौटेपनलाई हटाउदै गुणस्तरीय शिक्षाका लागि सबैले जुट्नु पर्ने कुरामा उनले जोड दिए ।

शैक्षिक सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावक बीच अन्तरक्रिया तथा छलफल गरी ८ बँुदे ‘महावै गाउँपालिका वृहत शैक्षिक सम्मेलन घोषणा पत्र ( २०८०’ सार्वजनिक गरिएको थियो । उक्त घोषणा पत्रमा सामुदायिक विद्यालयहरुको गुणस्तर विकास, सर्वसाधारणको पहुँच, शिक्षक कर्मचारीको प्रभावकारी सेवा प्रवाह, विभिन्न निकाय बीचको समन्न्वय, व्यवस्थित परिक्षा प्रणाली, आवश्यक पाठ्यसामाग्रीको सुनिश्चितता, त्रैमासिक अभिभावक भेला, आवश्यकताको आधारमा विद्यालयको कक्षा कटौती र समायोजन तथा शिक्षक दरबन्दीको व्यवस्था र पेशागत तालिम संचालन गर्ने विषयमा सामुहिक प्रतिवद्धता गरिएको थियो

प्रतिक्रिया दिनुहोस्