समाचार

आन्तरिक पर्यटकको आकर्षण केन्द्र महावै पाटन

१८ जेष्ठ २०८१, शुक्रबार ०२:२१
आन्तरिक पर्यटकको आकर्षण केन्द्र महावै पाटन

८ असोज,कालिकोट। कालिकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षा याममा मनमोहक रहने गरेको छ।

चारैतिर अग्ला अग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो। महावै पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रूपमा रहेको छ।

कालिकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन्। कालिकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालिकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ। पाटनको बिचमा रहेको डुङ्गामाथि शिवको मन्दिर रहेको छ।

‘वैशाख, जेठ, असार, साउन र भदौ महिनामा पाटनमा पुग्ने जोकोहीलाई पनि सुन्दरताले स्तब्ध पार्छ’, उनले भने। देशका सय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको र भौतिक पूर्वाधारलगायतको विकासमा पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘यहाँको पर्यटन विकासका लागि हामीले धर्मशाला लगायतका अन्य भौतिक संरचना निर्माणका लागि पहल थालेका छौँ।’, अध्यक्ष सिंहले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेको छ।’

धाममा धर्मशाला, सडक र मन्दिर लगायतका अन्य संरचना निर्माणका लागि ठुलो रकमको आवश्यकता रहेको छ। अध्यक्षका अनुसार हाल संघीय सरकारको आयोजनामा दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको छ, त्यसको स्तरोन्नति आवश्यक रहेको छ।

महावामै वर्षा याममा जानेका लागि कालिकोट र दैलेखबाट चरनका लागि भेडा बाख्रा तथा गाई भैँसीका गोठमा बस्न सकिने स्थानीयको भनाइ छ। अहिलेसम्म महावैको सीमा विवाद टुङगियको छैन। दैलेख र कालिकोटको सिमाक्षेत्रमा पर्ने महावैक्षेत्र सीमा विवादमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्