समाचार

एकै दिन साढे पाँच लाखभन्दा बढी संक्रमित

१६ पुष २०७८, शुक्रबार ०३:१०
एकै दिन साढे पाँच लाखभन्दा बढी संक्रमित

१६ पुस, काठमाडौं। पछिल्लो २४ घण्टा यता अमेरिकमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

अमेरिकामाम पछिल्लो २४ घन्टायता मात्र कम्तीमा पनि ५ लाख ६५ हजार ९८७ जना संक्रमित भेटिएको स्वास्थ्य क्षेत्रका अधिकारीले जानकारी दिएका छन्।

जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै संक्रमित भेटिएको यो पहिलो घटना हो। यसअघि पनि मंगलबार त्यहाँ ४ लाख ७८ हजारभन्दा बढीमा सङ्क्रमण भेटिएको बताइएको थियो।

पछिल्लो २४ घण्टामा संक्रमणकै कारण त्यहाँ त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण १३ सय ५४  जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्