समाचार

कालिकोटको महावै गाउँपालिका अध्यक्ष नेतृत्वको टोलीले गर्‍यो थुलुङ दुधकोशी गाउँपालिकाको बिकासको प्रशंसा

१८ जेष्ठ २०८१, शुक्रबार ०२:१७
कालिकोटको महावै गाउँपालिका अध्यक्ष नेतृत्वको टोलीले गर्‍यो थुलुङ दुधकोशी गाउँपालिकाको बिकासको प्रशंसा

८ पुस,कालिकोट। कालिकोट जिल्लाको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन)ले थुलुङ दुधकोशी गाउँपालिकाले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका छन् ।

दुई दिने अध्ययन भ्रमणका लागि एक टोलीको नेतृत्व गर्दै यहाँ आएका अध्यक्ष सिंहले थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडेल सिक्न लायक रहेको बताए ।

दुई कार्यकाल निर्वाचित हुने जनप्रतिनिधि कमै मात्रमा पाइने भन्दै उनले थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुबै जना दोहोरिएर काम गरिरहेकाले पनि जनअपेक्षा अनुसार काम भएको बुझिने बताए । कार्यव्यस्तताका कारण थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई बाहिर भएकाले भेट हुन नसकेको भएपनि टेलीफोन सम्बाद भएकाले काठमाडौमा भेट्ने भन्दै उनले पुनः भ्रमणमा आउने बताए।

नेपालको अन्य स्थानीय तहले समेत थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण गरि नमुना कार्यलाई अनुशरण गर्न आवश्यक रहेको उपाध्यक्ष दान सिंह सैजवालले बताए । नेतृत्व सक्षम र सबल हुनका साथै समाजका अगुवाको साथ भएको खण्डमामात्रै समानुपातिक विकास संभव हुने कुरा थुलुङदुधकोशीबाट सिक्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्