समाचार

रास्कोटले ग्रामीण सडक कालोपत्रे

१७ जेष्ठ २०८१, बिहीबार १६:२०
रास्कोटले ग्रामीण सडक कालोपत्रे

२९ चैत,कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिनादेखि निर्माण थालेको हो।

१८ महिनामा निर्माण सकिनुपर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहे पनि बसना निर्माण जेभीले आठ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे गरेको हो। ११ करोड ६० लाख रकमै मिनी मार्केट, ६ सय ६ मिटक सडक कालोपत्रे तथा सार्वजनिक शौचालयसमेत निर्माण गरेको कम्पनीका सञ्चालक मानव बमले बताए।

रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, जुम्ला आयोजना, राजनितिक दलहरूको संयुक्त अनुगमन गरिएको बमले बताए। एक वर्षसम्म कालोपत्रे उप्केमा निर्माण कम्पनी र आयोजनाले मर्मत गर्ने प्रतिबद्धता समेत गरिएको जनाइएको छ।

पहिलोपटक ग्रामीण सडक कालोपत्रे हुदा यहाँका स्थानीय हर्षित भएका छन्। कर्णाली राजमार्गमा मात्र सडक कालेपत्रे देखेका यहाँका नागरिकहरू गाउँमै सडक कालोपत्रे हुदा विकासको प्रत्यक्ष महसुस भएको स्थानीय जहले दर्जीले बताए। ‘हाम्रो बुवा बाजेको पालामा बर्दियाको राजापुरदेखि पिठ्युँमा भारी बोकर हामिललाई पालेका हुन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्