समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१७ जेष्ठ २०८१, बिहीबार १५:५३
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१७ जेठ,काठमाडौँ। सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो।  नायब महान्यायाधिवक्तामा खेमराज ज्ञवाली र न्याय परिषद्को सचिवमा यमबहादुर बुढा मगरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसका साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’उनले भनिन्, ‘वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्