समाचार

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

१७ जेष्ठ २०८१, बिहीबार १५:३९
जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

१७ जेठ,कालिकोट। सुर्खेत देखि कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज बिहान करिव ३ बजे तिर सुर्खेतबाट कालिकोट जाँदै गरेकाे भे १ च २५६० न को बाेलेराे जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना भइ सडकदेखि करिब ३ सय मिटर तल खसेर जीपमा ६ जना मध्ये ४ जनाको घटनास्थलमा मृत्यु भएको र बाँकी घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विक छन् । दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र-९ का २५ वर्षीय नरेन्द्र विष्ट र यात्रु शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्