समाचार

नेपाल र युएईको खेल साउदीमा हुने

१६ जेष्ठ २०८१, बुधबार ०१:४२
नेपाल र युएईको खेल साउदीमा हुने

१६, जेठ,काठमाडाैँ । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो ।

यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो । दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो ।

फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्