समाचार

गृह मन्त्रालयको बजेट १ खर्ब ९९ अर्ब २४ करोड

१५ जेष्ठ २०८१, मंगलवार १४:५८
गृह मन्त्रालयको बजेट १ खर्ब ९९ अर्ब २४ करोड

१५ जेठ, काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८१/८२ मा सुरक्षा क्षेत्रका लागि २ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइनेछ। सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने सरकारले बताएको छ ।

अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए ।

उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेरको अवलोकन गर्न अध्ययन गरिनेछ । अध्यागमन प्रणाली डिजिटलाइज गरी अत्याधुनिक बनाइने छ । अनलाइनमार्फत इभिसाका लागि आवेदन दिन सक्ने प्रणाली लागू गरिनेछ । कारागारलाई सुधार गृहका रूपमा विकास गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्