समाचार

सानेपा र स्वयम्भुमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

१५ जेष्ठ २०८१, मंगलवार १४:४९
सानेपा र स्वयम्भुमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

१५ जेठ, काठमाडौँ। काठमाडौंमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मं‌गलबार बिहान काठमाडौं महानगरपालिका-१५ भगवानपाउस्थित सडकमा बा.५ ख १४७१ नम्बरको टिपरले एक साइकलयात्रीलाई ठक्कर दिएको हो।

मंगलबार बिहान साढे ५ बजे सानेपाको स्टार अस्पताल अगाडि मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरि बस्ने २४ वर्षीय विजय घिसिङको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा ३७ वर्षीय सञ्जयकुमार घिसिङ घाइते छन्।

ठक्करबाट गम्भीर घाइते भएका नेपालीको उपचारका लागि मनमोहन अस्पताल स्वयम्‍भूमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्