समाचार

सिरोहियालाई अदालत उपस्थित गराइँदै

१४ जेष्ठ २०८१, सोमबार ०५:२८
सिरोहियालाई अदालत उपस्थित गराइँदै

१४ जेठ, काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्