समाचार

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री

१३ जेष्ठ २०८१, आईतवार ०४:०६
देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री

१३ जेठ, काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् ।

संसद्‍मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवा निवासमै पुगेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए ।  केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ ।

केही बेरमा सत्ता पक्षले बोलाएको बैठकमा शीर्ष नेताहरू सहभागी हुँदैछन् । त्यसअघि कांग्रेस पनि आन्तरिक छलफलमा जुटिरहेको छ । सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसद्मा गतिरोध देखिएको छ ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्