समाचार

अस्पतालमा आगलागी, ७ नवजात शिशुको मृत्यु

१३ जेष्ठ २०८१, आईतवार ०३:५७
अस्पतालमा आगलागी, ७ नवजात शिशुको मृत्यु

१३ जेठ, काठमाडौँ। भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

गएराति साढे ११ बजे तिर पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

१२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । निजी बस्तीको क्षेत्रबाट आगो सल्किएको द इण्डियन एक्स्प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्