समाचार

संसद् बैठक अगाडि सहमति गर्ने प्रयासमा कार्यदलको बैठक बस्दै

११ जेष्ठ २०८१, शुक्रबार ०१:०५
संसद् बैठक अगाडि सहमति गर्ने प्रयासमा कार्यदलको बैठक बस्दै

११ जेठ, काठमाडौँ ।सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको दाबी थियो ।

बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअगाडि नै सहमति गर्ने नेताहरूको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यसअघि नै सहमति जुटाउन कार्यदलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्