राजनीति

सानेपामा कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

९ जेष्ठ २०८१, बुधबार ०८:०१
सानेपामा कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

९ जेठ,काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन्।

समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो।

कांग्रेसभित्र केन्द्रीय सदस्य र संघीय सांसदको संयुक्त बैठक माग भइरहेको थियो। कांग्रेसले पछिल्लो समय पदाधिकारी, केन्द्रीय कार्यसम्पादन र लगातार जस्तो संसदीय दल कार्यसमिति र संसदीय दल बैठक मात्रै गरिरहेको थियो।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्