समाचार

अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन-रास्वपा-

९ जेष्ठ २०८१, बुधबार ०७:३३
अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन-रास्वपा-

९ जेठ, जनकपुरधाम। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवी पत्रकार एकै नभएको बताएका छन् । उनले भनेका छन्, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन ।’ उनले सिरोहिया पक्राउबारे स्पष्ट उल्लेख नगरे पनि ‘सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीको अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेका छन् ।

अदालतको आदेश लिएर पर्याप्त आधारसहित अनुसन्धान गर्दा प्रेस स्वतन्त्रताको हनन नहुने भन्दै विज्ञप्तिमा यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्