समाचार

कैलाश सिरोहिया : अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग

९ जेष्ठ २०८१, बुधबार ०७:२९
कैलाश सिरोहिया : अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग

९ जेठ, जनकपुरधाम। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय धनुषामार्फत सिरोहियालाई अदालतमा उपस्थित गराएको हो । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियालाई बयान लिएर अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्