समाचार

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

९ जेष्ठ २०८१, बुधबार ०१:४९
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

९ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्ने  केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद बैठकमा अवरोध गर्दै आएको छ ।

तर, सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको अवरोधका बीच संसद बैठक अघि बढाएपछि कांग्रेस सरकारसँग थप रुष्ट बनेको छ । कांग्रेसले ११ जेठमा बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि रणनीति बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्