९ जेठ, काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध बुधबार म्याद थप हुँदैछ ।
नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्याएको हो।
उनलाई स्थलमार्ग हुँदै बुधबार प्रहरीले जनकपुरधाम पुर्याएको हो । प्रहरीले सिरोहियालाई पक्राउ गर्नुको ६ वटा कारण औँल्याएको छ ।