समाचार

राजापुर नगरपालिका पाँचौं मेयर कप: कालिका मा.वि पहिलो

८ जेष्ठ २०८१, मंगलवार ०८:५१
राजापुर नगरपालिका पाँचौं मेयर कप: कालिका मा.वि पहिलो

बर्दिया। राजापुर नगरपालिका पाँचौं मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

लगातार ५ दिनसम्म सञ्चालन १६ औं राष्ट्रपति रनिङ शिल्ड तेडियामा निर्मित राजापुर रंगशालामा सुरु भएको थियो । प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्रछात्रा गरी झन्डै दुईहजार पाँचसय खेलाडीको सहभागिता रहेको थियो ।

जिल्लास्तरीय रनिङ शिल्डमा विजयी भएका खेलाडीलाई क्षेत्रीय हुँदै राष्ट्रिय खेलमा सहभागी बनाइने छ। विद्यालयस्तरमा पढने बालबालिकालाई खेलतर्फ आकर्षित गर्नका लागि रनिङ शिल्ड सुरु गर्दै आएपनि पछि गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने नगर प्रमुख दिपेश थारुले बताए। उनीहरुले रनिङ शिल्ड मात्र नभइ पछिल्नो समयमा बढि चर्चामा आएका खेललाई पनि प्राथमिकता दिँदै लैजाने जानकारी गराएका छन् ।

 मेयर कपमा ३४ मेडलसहित कालिका मा.वि. साेनपुर प्रथम, १७ मेडल जनचेतना मा.वि.द्वितीय र १५ मेडलका साथ अ.श.द.च. मा.वि. तृतीय भएको छ । साथै, मार्चपासमा प्रथम रेनिसा,द्वितीय एक्सिडेन्टल र तृतीय कालिका मा.वि भएको छ।

प्रतिक्रिया दिनुहोस्