समाचार

राजापुर नगरपालिकाले किन्यो महावीर पुनसँग एक सय ५ थान पुस्तक

८ जेष्ठ २०८१, मंगलवार ०८:३०
राजापुर नगरपालिकाले किन्यो महावीर पुनसँग एक सय ५ थान पुस्तक
बर्दिया। पूर्व–पश्चिम महाअभियानका क्रममा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले बर्दियामा स्वागत गरेका छन् ।

एक कायक्रमको बिचमा महावीर पुनलाईलाई नगर प्रमुख दिपेश थारुले स्वागत गरेका थिए । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्दै आएका थिए।

नगर प्रमुख दिपेश थारुले महावीर पुनबाट एक सय ५ थान पुस्तक किनेर सहयोग गरेको थिए । साथै आउदाँ दिनहरुमा आविष्कार क्षेत्रमा प्रभाव पार्न सक्ने कुनै पनि स्थानीय निकायहरुमा सक्दो सहयोग गर्ने नगर प्रमुख दिपेश थारु बताएका थिए।

राजापुर नगरपालिकासँग समन्वय गरि आवश्यक परेमा आविष्कार केन्द्रवाट प्रशिक्षक पठाई सहयोग गर्ने डा.महाबिर पुनले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्