समाचार

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

८ जेष्ठ २०८१, मंगलवार ०६:३८
मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

८ जेठ,  काठमाडौं। सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् ।

नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतकरसचेतक सँगको छलफलपछि अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।

आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ। आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्ररकणमा संसदीय छानबिन समिति नबनाइ सदन अगाडि बढाउन नदिने अडान लिएको छ । आज बिहान बसेको कार्यदलको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्