समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

७ जेष्ठ २०८१, सोमबार ०५:४६
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

७ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

 सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । वर्तमान सरकारको साझेदारीमध्ये एक भएकाले प्रतिनिधि सभामा उपस्थित भएर विश्वासका मत दिन ह्विप जारी गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि कांग्रेसले संसद अवरोध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्