समाचार

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

१५ पुष २०७८, बिहीबार १५:२०
रेडपाण्डाको छालासहित ४ जना पक्राउ

१५ पुस, काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीर समेतको ४ थान छालासहित ४ जनालाई पक्राउ परेका छन् ।

काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्