७ जेठ, काठमाडौं। सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ
आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।