खेलकुद

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

७ जेष्ठ २०८१, सोमबार ०१:५५
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

७ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीले सिजनको अन्तिम दिन वेस्ट ह्यामलाई ३–१ ले हराउँदै लगातार चौथो प्रिमियर लिग उपाधि जितेको छ।

इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको थिएन। तर, आइतबार राति इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले उक्त दुर्लभ इतिहास बनाएको छ।

म्यानचेस्टर सिटीले आठौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस सिजनको अन्तिम खेलपछि सिटीले ३८ खेलमा ९१ अंक जोड्यो । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रह्यो ।लिभरपुलले ८२ अंकसहित तेस्रो स्थान हासिल गर्यो । एस्टन भिल्ला ६८ अंकसहित चौथो तथा टोटनह्याम हट्सपर ६६ अंकसहित पाँचौँ भयो ।

लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्